नियम ३१
नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको काम, कर्तव्य र अधिकार
नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) चिकित्सा शिक्षाको क्लिनिकल विधामा स्पेसियालिटिजका नयाँ कार्यक्रम सम्बन्धी पाठ्यक्रमको तयारी सम्बन्धी कार्य गर्ने, (ख) पूर्वाधार पूरा गरेका स्वास्थ्य संस्थामा स्पेसियालिटिजका कार्यक्रम सञ्चालन गर्ने, (ग) क्लिनिकल विधामा स्पेसियालिटिजका नयाँ कार्यक्रम सम्बन्धी तालीम सञ्चालन गर्ने संस्था, फ्याकल्टीको पहिचान सम्बन्धी कार्य गर्ने, (घ) स्पेसियालिटिजका क्लिनिकल विधामा अध्ययनका लागि सिट सङ्ख्या, फ्याकल्टी, सुपरभाइजर र सहभागीको सूची तयार गरी समितिमा पेश गर्ने, (ङ) आयोगबाट निर्धारित मापदण्डको अधीनमा रही नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको परीक्षा सञ्चालन गर्ने वा गराउने, (च) अनुगमन तथा मूल्याङ्कन पद्धति निर्माण र कार्यान्वयन गर्ने, (छ) मेडिकल स्पेसियालिटिजका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग परामर्श गर्ने र सोको जानकारी समितिलाई गराउने, (ज) आयोग वा समितिको निर्णय कार्यान्वयन गर्ने ।